समानुपातिक सांसदले प्रमाणपत्र बुझे

समानुपातिक सांसदले प्रमाणपत्र बुझे

निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यहरुलाई प्रमाणपत्र वितरण गरेको छ । आज बहादुर भवनस्थित आयोगको केन्द्रीय कार्यालयमा एक कार्यक्रमकाबीच समानुपातिक सांसदहरुलाई प्रमाणपत्र वितरण गरिएको हो । 

कार्यक्रममा प्रमुख  निर्वाचन आयुक्त दिनेश कुमार थपलिया, आयुक्तहरु इश्वरी पौडेल, सगुन शमशेर राणा, डा. जानकी तुलाधर, रामप्रसाद भण्डारी, सचिव गोकर्णमणि दुवाडी, प्रवक्ता शालिकराम शर्मा पौडेललगायतको उपस्थिति रहेको छ ।

समानुपातिकतर्फ प्रतिनिधिसभामा ११० र प्रदेशसभामा २२० जना सांसदहरु निर्वाचित भएका छन् ।

टिप्पणीहरू