दलको नेता छान्नेबारे सल्लाह गर्न माओवादी नेताहरु बैठकमा

दलको नेता छान्नेबारे सल्लाह गर्न माओवादी नेताहरु बैठकमा

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बसेको छ । पार्टी मुख्यालय पेरिसडाँडामा अपराह्न २ बजेदेखि शुरु भएको बैठक जारी छ ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,महासचिव देव गुरुङ, उपमहासचिव पम्फा भुसाल, गिरिराजमणि पोखरेल,मात्रिका यादव,सचिव लीलामणि पोखरेल, राम कार्कीलगायत पदाधिकारीहरुको उपस्थिति रहेको छ । बैठकले संसदीय दलको नेता चयनसम्बन्धमा निर्णय गर्ने बताइएको छ ।   

सरकारको नेतृत्व दावी गरिरहेको माओवादीमा अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीको निर्विकल्प उम्मेदवार हुनुहुन्छ । त्यसैले संसदीय दलको नेतामा उहाँ नै चयन हुने निश्चित छ ।

टिप्पणीहरू