गाउँपालिकाका अध्यक्ष आफैँले डोजर चलाए

गाउँपालिकाका अध्यक्ष आफैँले डोजर चलाए

कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा पनि अतिक्रमित संरचनामाथि डोजर लगाइएको छ । गाउँपालिकाका झण्डै ७२ बिघा जग्गामा अतिक्रमण गरेर बनाएका घरटहरा भत्काइएको बताइएको छ ।

पालिकाका अध्यक्ष हरिचन्द्र रानाले आफैँले डोजर लगेर भत्काएको स्थानीयले बताए । सुकुम्बासी भनेर नक्कली सुकुम्बासी बसेकाले डोजर चलाउन परेको रानाको भनाइ छ । ‘अस्पताल बनाउने जग्गाको समेत अभाव भएकाले बाध्य भएर अतिक्रमित जग्गा हटाउन परेको हो,’ उनले भने ।

सरकारी जग्गामा डोजर लगाएको नगरपालिकाको दाबी छ । दुई परिवारमध्ये सबैको अन्यत्र घर भएको पुष्टि भइसकेको अध्यक्ष राना बताउँछन् । ती दुई  सुकुम्बासी परिवारलाई पनि अन्यत्र व्यवस्थापन गर्ने आश्वासन दिँदा समेत नमानेपछि अस्पताल बनाउनैको निम्ति डोजर चलाउनुपरेको उनको भनाइ छ ।

टिप्पणीहरू