सरकार बनाउने संख्या पुर्याउन ७ दिनको समय

सरकार बनाउने संख्या पुर्याउन ७ दिनको समय

राष्ट्रपति विद्यादेवी भण्डारीले सात दिनको समय दिएर नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको छ । संविधानको धारा ७६ को उपधारा (२) बमोजिम बहुमतको सरकार गठन गर्न आज अपराह्न राष्ट्रपतिले आह्वान गर्नुभएको हो । 

कुनै पनि दलले बहुमत प्राप्त नगरेकाले संविधानको धारा ७६ (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको मिलिजुली सरकार बनाउन सात दिनको समय दिएर राष्ट्रपतिले आग्रह गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ । जसअनुसार  आगामी १० गते बेलुका ५ बजेभित्र सरकार गठनको लागि दावी पेश गर्नुपर्ने हुन्छ ।

‘प्रधानमन्त्री नियुक्त गर्नका लागि नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएकोले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई नेपालको प्रधानमन्त्री नियुक्त गर्नका लागि मिति २०७९ ।९।१० गते आइतबार १७ बजेभित्र दावी पेश गर्न सम्माननीय राष्ट्रपतिज्यूबाट आह्वान भएको व्यहोरा अनुरोध छ’, राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
 

टिप्पणीहरू