देउवा र प्रचण्डवीच हिजोको आजै अर्को भेट,माधवकोमा महन्थ

देउवा र प्रचण्डवीच हिजोको आजै अर्को भेट,माधवकोमा महन्थ

सत्ता गठबन्धनमा प्रधानमन्त्रीका दुई दावेदार काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भेटवार्ता भएको छ । 

आज दिउँसो पार्टीको पदाधिकारी बैठकले सरकारको नेतृत्व नछोड्ने अनौपचारिक निर्णय गरेलगत्तै देउवा भेट्न प्रचण्ड साँझ बालुवाटार पुग्नुभएको हो । साँझ ६ बजे बालुवाटार छिर्नुभएका उहाँ आधा घण्टापछि निस्कनुभएको थियो ।  

नयाँ सरकार गठनका लागि दलहरुबीच रस्साकस्सी चलिरहेका बेला पछिल्लो २४ घण्टामा देउवा र प्रचण्डको यो दोस्रो भेट हो । कांग्रेसले पूर्वसहमति विपरित राष्ट्रपति र प्रधानमन्त्री दुवैमा दावी गरेको भन्दै गठबन्धनका अन्य दलहरु सशंकित छन् । त्यही शंकाका कारण हिजो बिहान प्रचण्डले र साँझ माधव नेपालले देउवालाई भेटेर गठबन्धनको निरन्तरता र सरकारका विषयमा कसिकसाउ कुरा गरेको बताइएको छ । 

कुनै पनि हालतमा प्रधानमन्त्री नछोड्ने तयारीमा रहेको कांग्रेसले सोहीअनुसार राजनीतिक छलफललाई तीब्र पारेको छ । वाम पार्टीहरुलाई बाहिरै राखेर सरकार बनाउने कांग्रेसको योजना बाहिरिएपछि विकल्पको खोजीमा नेताहरुको छलफल बाक्लिएको एकीकृत समाजवादीका एक नेताले । आजै काँग्रेस बैठकले संघ र सातै प्रदेशमा सरकारको नेतृत्त्व दावी गर्ने निर्णय गरेको छ । 

यता, सत्ता गठबन्धनको अर्को सानो दल लोसपाका अध्यक्ष महन्थ ठाकुरले आजै एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई भेट्नुभएको छ ।

टिप्पणीहरू