काँग्रेसले प्रधानमन्त्री आफैसङ्ग राख्ने,३ जनाले नेता छान्ने

काँग्रेसले प्रधानमन्त्री आफैसङ्ग राख्ने,३ जनाले नेता छान्ने

नेपाली काँग्रेसले आफ्नै नेतृत्वमा नयाँ सरकार गठन गर्ने भएको छ । केन्द्रीय कार्यसम्पादन समितिको हिजो बसेको बैठकले मिलिजुली सरकारको नेतृत्व आफैँले लिने माइन्युट गरेको छ । यसका लागि आजदेखि गठबन्धनमा रहेका दलहरुसँग संवाद गर्ने भनिएको छ ।

यसैगरी पार्टीले संसदीय दलको नेता छान्न निर्वाचन समिति पनि गठन गरेको छ । हिजैको केन्द्रीय कार्यसम्पादन समिति बैठकले निर्वाचन समिति गठन गर्ने निर्णय गरेको हो । 

बैठकले संसदीय दलको नेता चयनको निम्ति पार्टी सहमहामन्त्री भिष्मराज आङ्देम्बेको संयोजकत्वमा तीन सदस्यीय कमिटी गठन गरेको छ । जसमा केन्द्रीय सदस्यद्वय पुष्पा भुसाल र प्रकाश स्नेही रसाइलीलाई राखिएको छ  ।

टिप्पणीहरू