माओवादी अध्यक्षको अर्को प्रस्ताव सार्वजनिक

माओवादी अध्यक्षको अर्को प्रस्ताव सार्वजनिक

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार गठनको प्रक्रियालगायत अन्य राजनीतिक प्रस्ताव र छलफललाई केही दिनपछि थाल्ने बताउनुभएको छ । उहाँले नवनिर्वाचित सांसदको शपथग्रहणपछि मात्र उक्त प्रक्रिया थाल्नु उपयुक्त हुने धारणा व्यक्त गर्नुभएको छ ।

हिजो पार्टी मुख्यालयमा आयोजित पदाधिकारी बैठकपछि आफ्नो धारणा राख्ने क्रममा उहाँले उक्त कुरा सार्वजनिक गर्नुभएको हो । यसअघि प्रचण्डले निर्वाचनको सम्पूर्ण नतिजा सार्वजनिक भएपछि सरकार गठनको औपचारिक सम्वाद थालिने बताउनुभएको थियो । 

हिजो पुनः नयाँ प्रस्ताव भन्दै उहाँले थप्नुभयो, ‘नवनिर्वाचित सांसदहरुको शपथग्रहण गरेरमात्र सरकार गठनलगायतका प्रक्रिया अघि बढाउनु उपयुक्त हुने देखेको छु । अहिले नै सबै कुरा अघि बढाउँदा अलि छिटो हुने लाइराखेको छ ।’

टिप्पणीहरू