काङ्ग्रेसद्वारा आफ्नै नेताको फोटो छोपछाप

काङ्ग्रेसद्वारा आफ्नै नेताको फोटो छोपछाप

काभ्रे पार्टी कार्यालयमा राखिएको पाँचखालका मेयर महेश खरेलको फोटो छोपिएको छ । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को सभापतिसमेत रहेका खरेलको फोटो जिल्ला उपसचिव समिर ब्याञ्जु  र अनुशासन समिति संयोजक रविन्द्र सिग्देलले सेतो कागजले छोपेका हुन् ।

मंसिर ४ गतेको संघ र प्रदेश निर्वाचनमा पार्टी उम्मेदवार शिवप्रसाद हुमागाईलाई असहयोग गरेको भन्दै उजुरी परेपछि जिल्ला कार्यसमिति बैठकले खरेललाई पार्टीको कुनै पनि जिम्मेवारीमा नरहने गरी केन्द्रीय अनुशासन समितिमा सिफारिस गरेको छ। यता,जिल्ला पार्टी कार्यालयमा भने खरेललाई कारबाही नहुँदै फोटो छोपेको पाईएको छ ।

टिप्पणीहरू