प्रधानमन्त्री प्रमुख अतिथि,विदेशी राजदूत विशेष अतिथि

प्रधानमन्त्री प्रमुख अतिथि,विदेशी राजदूत विशेष अतिथि

राजधानीमा नेपाल नगरपालिका संघको आठौं राष्ट्रिय अधिवेशन प्रारम्भ भएको छ । आजदेखि पर्सिसम्म हुने अधिवेशनको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले केही बेरअघि गर्नुभएको छ । 

राष्ट्रिय सभा गृहमा भएको उद्घाटन समारोहमा प्रधानमन्त्री प्रमुख अतिथि हुनुहुन्छ । नेपाल नगरपालिका संघका अध्यक्ष अशोककुमार ब्याञ्जुको अध्यक्षतामा भइरहेको कार्यक्रममा नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत एलिजाबेथ भोन क्यापेलरलाई विशेष अतिथि बनाइएको छ । कार्यक्रममा चार सय जनाभन्दा बढीको उपस्थिति रहेको आयोजकले जनाएको छ ।

टिप्पणीहरू