गृहजिल्लाबाट प्रचण्डको खुलासा : प्रधानमन्त्रीमा आलोपालो सहमति भएको छ

गृहजिल्लाबाट प्रचण्डको खुलासा : प्रधानमन्त्रीमा आलोपालो सहमति भएको छ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीमा आफ्नो दावी स्वभाविक हुने बताउनुभएको छ । आज गृहजिल्ला चितवनका पत्रकारहरुसँग कुरा गर्दै उहाँले सत्ता गठबन्धनभित्रैबाट प्रधानमन्त्री चयन हुने पनि प्रस्ट्याउनु भयो । 

सहमति र समझदारीबाटै प्रधानमन्त्री टुंगो लाग्ने बताउँदै उहाँले चुनावअघि कांग्रेससँग आलोपालो सहमति भएको पनि खुलासा गर्नुभयो । ‘प्रधानमन्त्री माओवादीको बटमलाइन होइन । सहमति र समझदारीबाटै टुंग्याउने हो । सहमति हुँदा जिम्मेवारी लिने हुन्छ', अध्यक्ष प्रचण्डले भन्नुभयो, 'चुनावअघि आलोपालो गर्ने सहमति भएको हो,अहिले पनि छ त्यो समझदारी ।'

राष्ट्रपतिले सरकार गठनका लागि सात दिनको समय दिएकाले सोही अवधिभित्र गठबन्धनबाट प्रधानमन्त्री चयन हुने प्रचण्डको भनाई छ । कसको नेतृत्वमा सरकार गठन गर्ने भन्नेबारे गठबन्धनमा छलफल चलिराखेको पनि उहाँले बताउनुभयो । 

माओवादीले एमालेसँग मिलेर सरकार बनाउने चर्चामा भने कुनै सत्यता भने नरहेको प्रचण्डले बताउनुभयो ।

टिप्पणीहरू