समाजवादीका माननीयहरुको गलाभरि माला

समाजवादीका माननीयहरुको गलाभरि माला

एकीकृत समाजवादीका नवनिर्वाचित सांसदहरूले आपसमा बधाई साटासाट गरेका छन् । आज बिहान पार्टी केन्द्रीय कार्यालय शान्तिनगरमा आयोजित विशेष कार्यक्रममा प्रतिनिधिसभा र प्रदेशसभामा विजयी सांसदहरूले एक-अर्कालाई बधाई दिएका हुन् ।

समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालले नवनिर्वाचित सांसदहरूलाई फूलमाला लगाएर बधाई तथा शुभकामना दिएका थिए । समाजवादीले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १० सिट जितेको छ । तर, तीन प्रतिशत थ्रेस होल्ड कटाउन नसक्दा सो पार्टी समानुपातिकमा भने नील भएको छ  ।

टिप्पणीहरू