चुनावै नगरी रिसोर्टबाट नेता छानिए रवि लामिछाने

चुनावै नगरी रिसोर्टबाट नेता छानिए रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलमा सभापति रवि लामिछाने नेता छानिएका छन् । आज बसेको दलको बैठकले उनलाई सर्वसम्मत नेता चयन गरेको हो । 

बिहान बूढानिलकण्ठस्थित पबेरा रिसोर्टमा बसेको दलको बैठकले लामिछानेलाई दलको नेता चयन गरेको सो पार्टीका एक सांसदले जानकारी दिए । यसअघि पार्टी प्रवक्ता मुकुल ढकालले दलको नेताका लागि चुनाव हुने बताए पनि सोमबार बिहान गोप्य रूपमा बसेको बैठकले निर्विरोध छानेको हो ।

पार्टी गठनको छोटो समयमै निर्वाचनमा गएको रास्वपाले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ सात र समानुपातिकतर्फ १३ गरी २० सिट जितेको छ । लामिछानेले सरकारमा जान विभिन्न दलका शीर्ष नेताहरूसँग भेटवार्ता तीव्र पारेका छन् ।

टिप्पणीहरू