समाजवादीमा नेपाल र जनमतमा राउत दलको नेता

समाजवादीमा नेपाल र जनमतमा राउत दलको नेता

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल संसदीय दलको नेतामा सर्वसम्मत चयन हुनुभएको छ । आज पार्टी कार्यालय शान्तिनगरमा बसेको बैठकले उहाँलाई दलको नेता छानेको हो ।

बैठकले राजेन्द्र पाण्डेलाई उपनेता र सचेतकमा प्रकाश ज्वालालाई चयन गरेको छ । एकीकृत समाजवादीले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १० सिट जितेको छ । तर,समानुपातिकमा भने थ्रेस होल्ड कटाउन नसक्दा राष्ट्रिय पार्टी बन्न सकेन । 

यस्तै,आजै सिके राउत नेतृत्वको जनमत पार्टीले पनि संसदीय दलको नेता टुंग्याएको छ । दलको बैठकले अध्यक्ष राउतलाई सर्वसम्मत नेता चयन गरेको हो ।  जनमत पार्टीबाट प्रतिनिधिसभामा ६ जना सांसद छन् । प्रत्यक्षमा १ सीट जितेको सो पार्टीले पाँच सांसद समानुपातिकबाट पाएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले १० पुससम्म प्रधानमन्त्रीमा दाबी गर्न आह्वान गरेपछि सबै पार्टी अहिले दलको नेता चयनमा लागेका छन् ।

टिप्पणीहरू