यसरी छानिनेछ कांग्रेसमा नेता

यसरी छानिनेछ कांग्रेसमा नेता

नेपाली कांग्रेसमा संसदीय दलको नेता चयनका लागि आउँदो बुधबार मतदान हुने भएको छ । संसदीय दलको नेता तथा कार्यसमिति सदस्य निर्वाचन समितिले तय गरेको कार्यक्रमअनुसार दलको नेता छान्न पर्सि बुधवार बिहान ८ बजेदेखि १० बजेसम्म मतदान हुनेछ । 

समितिले निर्वाचन कार्यतालिका पनि सार्वजनिक गरेको छ । जसअनुसार पुस ४ गते मतदाता नामावली प्रकाशन हुनेछ भने सोही दिन मतदाता नामावलीउपर दावी विरोध गर्न पाइनेछ । ४ गते अपराह्न ४ बजे अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ । 

५ गते बिहान ८ देखि १० बजेसम्म उम्मेदवार दरखास्तको समय तय गरिएको छ भने साढे १० बजे उम्मेदवारको प्रथम नामावली प्रकाशन हुनेछ । त्यही दिन बिहान ११ देखि साढे ११ बजेसम्म उम्मेदवारको दरखास्तउपर दावी विरोधको समय निर्धारण गरिएको छ । १२ बजे उम्मेदवारको दोस्रो नामावली प्रकाशन गरिनेछ भने साढे १२ देखि साढे २ सम्म उम्मेदवारलाई नाम फिर्ता लिने समय तोकिएको छ । 

उम्मेदवारको अन्तिम नामावली प्रकाशन ५ गते दिउँसो ३ बजे हुनेछ । कांग्रेसमा दलको नेताका लागि सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा दावेदार देखिएका छन् ।

टिप्पणीहरू