चुनाव जितेका माननीयलाई नेकपा (एस) ले दियो बधाई

चुनाव जितेका माननीयलाई नेकपा (एस) ले दियो बधाई

गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा विजयी माननीयहरुका लागि नेकपा एकीकृत समाजवादी पार्टीले ‘बधाई तथा शुभकामना आदानप्रदान’ कार्यक्रमको आयोजना गरेको छ ।

महासचिव बेदुराम भुसालको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालयमा आज कार्यक्रम भएको हो । कार्यक्रममा अध्यक्ष माधवकुमार नेपाल प्रमुख अतिथिका रुपमा उपस्थित हुनुहुन्थ्यो । 

त्यस्तै,वरिष्ठ नेता झलनाथ खनाल, उपमहासचिव डा.गंगालाल तुलाधर, उपाध्यक्ष प्रमेश हमाल, जयन्ती राईलगायतका नेताहरुको कार्यक्रममा सहभागिता देखिन्थ्यो । 

प्रतिनिधि सभा सदस्यमा धादिङ निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित राजेन्द्रप्रसाद पाण्डे, सल्यान–१ बाट निर्वाचित प्रकाश ज्वाला, बझाङबाट भानुभक्त जोशी,अछाम–१ बाट शेरबहादुर कुँवर,बारा–४ बाट कृष्णकुमार श्रेष्ठ, दैलेख–१ बाट अमरबहादुर थापा, दाङ–१ बाट मेटमणि चौधरी,डोटीबाट प्रेम आले पनि उपस्थित थिए । 

साथै, प्रदेश सभामा निर्वाचित राजेन्द्र राई, गोविन्द न्यौपाने,प्रमोद यादव,वसन्त मानन्धर, रमा आले,लक्ष्मण लम्साल,मायादेवी शर्मालगायत पनि कार्यक्रममा सामेल भएका थिए ।

टिप्पणीहरू