नेपालीलाई विदेशमा बेच्ने चिनियाँहरु जेल चलान

नेपालीलाई विदेशमा बेच्ने चिनियाँहरु जेल चलान

नेपालमा बस्दै आएका दुई जना चिनियाँलाई आज जिल्ला अदालत काठमाडौंको आदेशपछि जेल चलान गरिएको छ । काठमाडौँको ठमेलमा बस्दै आएका चिनियाँ नागरिकद्वय ३० वर्षीय चेन याङ र ३३ वर्षीय रूआन चाओहोङलाई मानव बेचबिखन आरोपमा पुर्पक्षको निम्ति जेल पठाइएको हो । 

अनुसन्धान ब्यूरोको टोलीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो । तीन जना नेपाली नागरिकलाई फ्रि भिसा र फ्रि टिकटमा लाओसमा अनलाइन सेल्स मार्केटिङको काममा लगाइदिने र मासिक एक हजारदेखि एक हजार पाँच सय डलरसम्मको कमाइ हुने प्रलोभनमा गत भदौमा त्यहाँ पुर्याएर बेचेका थिए । 

उनीहरुलाई काठमाडौँबाट स्थलमार्गबाट भारत र त्यहाँबाट विमानमा थाइल्याण्ड हुँदै पुनः स्थलमार्गबाट लाओस पुर्याएको बताइन्छ । दुबै जना चिनियाँलाई काठमाडौँ जिल्ला अदालतको आदेशपछि पूर्पक्षको निम्ति थुनामा राख्न कारागार कार्यालय जगन्नाथदेवल सुन्धारामा चलान गरिएको हो ।

टिप्पणीहरू