फ्रान्सको राजधानी पेरिस तनावग्रस्त

फ्रान्सको राजधानी पेरिस तनावग्रस्त

फ्रान्सको राजधानी पेरिसको मध्यभागमा हिंसा भड्किएको छ । कुर्द समुदायमाथि अस्ति भएको घातक हमलापछि हिंसा भड्किएको बताइएको छ । 

प्रदर्शनकारीहरूले सडकमा जथाभावी कारहरू पल्टाउँदै आगजनी गरेका छन् । उनीहरुले सुरक्षाकर्मीमाथि ढुंगामुढासमेत गरेका छन् । प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार गरेको छ ।  

स्थानीय कुर्दिश सांस्कृतिक केन्द्र र रेस्टुरेन्टमा शुक्रबार भएको बन्दुक हमलामा तीन जनाको मृत्यु भएपछि हिंसा भड्केको बताइन्छ । शुक्रबारको आक्रमणपछि ६९ वर्षीय एक संदिग्ध पक्राउ परेका छन् । उनले आफू विदेशीहरूलाई घृणा गर्ने जातिवादी भएको बताएका छन् । उनले पेस्तोल चलाएको प्रहरीको भनाइ छ ।

सयौं कुर्दहरू प्लेस डेला रिपब्लिकमा शुक्रबार मारिएका तीन जनालाई श्रद्धाञ्जली दिन शान्तिपूर्ण रूपमा भेला भएपछि हिजोदेखि हिंसा भड्किएको हो । पूर्व रेलचालकसमेत रहेका संदिग्धमाथि प्रहरीले सोधपुछ थालेको छ । उनीमाथि हत्यासँगै जातिवादीको अर्को आरोप पनि लगाइएको छ ।

टिप्पणीहरू