झलनाथ पनि बालुवाटार पुग्नुभो

झलनाथ पनि बालुवाटार पुग्नुभो

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी सत्ता गठबन्धनको बैठकमा पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पनि मिसिनुभएको छ । 

नयाँ सरकार निर्माणका लागि गठबन्धन दलहरुबीच सहमति जुटाउने प्रयास भैरहेका बेला खनाल वालुवाटार छिर्नुभएको हो । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल सहभागी हुनुहुन्छ ।  

राष्ट्रपतिले नयाँ सरकार निर्माणको लागि दिएको एक साताको समय आज साँझ ५ बजे सकिँदैछ । तर, माओवादी र कांग्रेसले पहिलो कार्यकाल प्रधानमन्त्री पाउनुपर्ने दावी नछोडेका कारण सहमति हुन सकेको छैन ।

टिप्पणीहरू