अब के गर्लान् एमाले सांसद सूर्य थापाले ?

अब के गर्लान् एमाले सांसद सूर्य थापाले ?

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बनाउन एमालेले किमार्थ सहयोग नगर्ने बताएका सांसद सूर्य थापा आफ्नै वचनका कारण अप्ठेरोमा परेका छन् । उनले गत आमनिर्वाचनपछि प्रचण्डको नेतृत्वमा सरकार बनाउन एमालेले कुनै हालतमा सहयोग नगर्ने र कथम् पार्टीले त्यस्तो निर्णय गरे आफूले सबैतिरको निर्णयमा लिखित विरोध दर्ज गराउने बताएका थिए । 

उनले भनेका थिए, ‘एमालेले सहयोग गर्दैन । पार्टीले सहयोग गरेपनि संसदीय दल,पोलिटब्युरो र केन्द्रीय कमिटीको बैठकमा नोट अफ डिसेन्ट लेख्ने व्यक्ति सूर्य थापा हुन्छ ।’ अहिले एमाले अध्यक्ष केपी शर्मा ओलीको विशेष पहलमा प्रचण्डले सरकारको नेतृत्व गरिसक्नुभएको छ ।

तर थापाले मुलुकमा प्रचण्ड नेतृत्वको सरकारको आवश्यकता नरहेको उल्लेख गरेका छन् । प्रचण्डले सँधै राजनीतिक दुराशय राख्दै आएको थापाको आरोप छ । अहिले पनि प्रचण्डले त्यस्तो दुराशय नछाडेको थापाको टिप्पणी छ । थापाको भनाइ छ, ‘उहाँ (प्रचण्ड) विश्वासको ठूलो संकटमा हुनुहुन्छ ।’

यसरी टिप्पणी गरेका सांसद सूर्य थापाले अब बिश्वासको मत दिँदाचाहिँ  के गर्लान् ? त्यो भने हेर्न बाँकी छ ।

टिप्पणीहरू