कर्णालीको अधिवेशन पुस १८ गते
कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको प्रथम अधिवेशन पुस १८ गतेदेखि शुरु हुने भएको छ । कर्णाली प्रदेश प्रमुख तिलक परियारले १८ गते दिँउसो १ बजे अधिवेशन आह्वान गरेका हुन् ।
प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति जारी गर्दै वीरेन्द्रनगरस्थित प्रदेशसभाको सभाहलमा अधिवेशन बस्ने जानकारी गराएको छ ।
‘नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम मिति २०७९–०९–१८ गते सोमबार दिनको १ बजे कर्णाली प्रदेश सभा वीरेन्द्रनगर, सुर्खेतको सभाहलमा बस्ने गरी कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको प्रथम अधिवेशन आह्वान गर्नुभएको व्यहोरा जानकारी गराइन्छ’, विज्ञप्तिमा उल्लेख छ ।
हिजो बसेको क्याविनेट बैठकले अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको थियो ।
प्रदेशसभाको दोस्रो कार्यकालको प्रथम अधिवेशनको अध्यक्षता प्रदेशसभाका ज्येष्ठ सदस्य विनोदकुमार शाहले गर्नेछन् ।
टिप्पणीहरू