माओवादीले बोलायो पदाधिकारी बैठक
प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । आज दिउँसो २ बजे पार्टी मुख्यालय पेरिसडाँडामा बैठक बस्न लागेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
स्थानीय तहको उपनिर्वाचन, विधानमाथि छलफल र पालिका सम्मेलनबारे बैठकमा छलफल हुने उनले बताए । बैठकले उपनिर्वाचनमा आफ्ना उम्मेदवारलाई विजयी गराउन आवश्यक रणनीति बनाउने बताइएको छ ।
मंसिर ४ गते अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले विधानलाई लिपिबद्ध गर्ने निर्णय गरेको थियो । गत वर्ष फागुनमा विधानमाथि हलबाट उठेका प्रश्नहरूको समाधानसहित पुनः विधान तयार गरिनेछ ।
टिप्पणीहरू