मन्त्रालयगत प्रगति विवरण बुझ्दै प्रधानमन्त्री

मन्त्रालयगत प्रगति विवरण बुझ्दै प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालयगत समीक्षा बैठक बोलाउनुभएको छ । आज दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेगरी बैठक डाकिएको हो । 

बैठकमा सबै मन्त्रालयको तीन महिने कार्य समीक्षा हुने जनाइएको छ । गत असार ३० गते क्याविनेट गठन भएयता पहिलो पटक समीक्षा बैठक बस्न लागेको हो । यसअघि मन्त्रालयगत सामान्य छलफल भएपनि पूर्ण समीक्षा गरिएको थिएन । 

बैठकमा मन्त्रालयगत प्रगति विवरण मन्त्रीहरूले प्रधानमन्त्रीलाई बुझाउने छन् ।

टिप्पणीहरू