परराष्ट्रमन्त्री आरजू र समकक्षी वाङ्ग यीबीच पर्सि वार्ता
परराष्ट्रमन्त्री डा. आरजु राणाले भोलिदेखि चीनको तीन दिने औपचारिक भ्रमण गर्दै हुनुहुन्छ । उहाँ चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमण तयारीका लागि राजधानी बेइजिङ जान लाग्नुभएको छ ।
भ्रमण क्रममा राणा र वाङ यीबीच पर्सि औपचारिक वार्ता हुने कार्यसूची तय भएको छ । भेटवार्तामा दुई देशबीचको द्विपक्षीय तथा बहुपक्षीय सहकार्यका साथै दुई छिमेकी मुलुकबीच कार्यान्वयनमा रहेका विकास साझेदारीको समीक्षा गरिने बताइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी सोमबारदेखि हुने चीन भ्रमणको आवश्यक तयारीका विषयमा पनि छलफल हुने छ । तीन दिनको भ्रमण भएकाले उहाँ शनिबार अबेर स्वदेश फर्कने र सोमबार पुनः प्रधानमन्त्रीको टोलीमा जाने वा आइतबार एक दिन उतै बस्ने भन्नेबारेमा कुनै निक्र्यौल नभइसकेको बुझिएको छ ।
टिप्पणीहरू