पढ्न गएका इञ्जिनियरलाई फिर्ता हुन निर्देशन

पढ्न गएका इञ्जिनियरलाई फिर्ता हुन निर्देशन
सुन्नुहोस्

नेपाल विद्युत प्राधिकरणका सिभिल इन्जिनियर सुदीप पोखरेललाई कार्यालयमा हाजिर हुन निर्देशन दिइएको छ । 

प्राधिकरणअन्तर्गत लमजुङको मस्र्याङ्दी कोरिडोर २२० केभी प्रशारण लाईन आयोजनामा कार्यरत उनी बिना जानकारी लामो समयदेखि गैरहाजिर रहेपछि आयोजनाले सार्वजनिक सूचना निकालेर बोलाएको हो । 

आयोजनाका अनुसार पोखरेल क्यानडाको क्यालगरी विश्वविद्यालयमा स्ट्रक्चरल एण्ड सोलिड मेकानिक्स विषयमा दुई वर्षे स्नातकोत्तर तह अध्ययनका लागि बिदा स्वीकृत गरी गएका थिए । अध्ययन बिदा गत असोज २२ गतेबाट सकिएपनि उनी कार्यालयमा हाजिर हुन नआएको आयोजनाले जनाएको छ । 

तोकिएको समयावधिभित्र उपस्थित नभएमा नियमानुसार कारबाही प्रक्रिया अघि बढाइने चेतावनी दिइएको छ ।

टिप्पणीहरू