जिबी राईका आफन्त र प्रेमिकाको नाममा करोडौँको सम्पत्ति

जिबी राईका आफन्त र प्रेमिकाको नाममा करोडौँको सम्पत्ति
सुन्नुहोस्

सहकारी ठगी प्रकरणका मुख्य आरोपित जिबी राईले विभिन्न व्यक्तिको नाममा करोडौँको सम्पत्ति थुपारेको पाइएको छ । हजारौं बचतकर्ताको करोडौँ रकम अपचलन गरेर फरार रहेका उनले आफन्तदेखि प्रेमिकासम्मको नाममा घर, बंगला, जग्गा र विभिन्न क्षेत्रमा लगानी गरेको प्रमाण भेटिएको हो । 

जिबीले प्रेमिका लीला पछाईको लागि ललितपुरको खुमलटारमा एक रोपनी दुई आनामा फैलिएको भव्य बंगला खरिद गरेको प्रहरी अनुसन्धानको क्रममा भेटिएको छ । त्यस्तै, एक हाउजिंगमा पनि उनले साढे २ तल्ले घर लीलाको नाममा खरिद गरेको देखिएको छ । 

सहकारी ठगी र क्रिप्टो कारोबारमा प्रत्यक्ष संलग्नता भेटिएसँगै पछाई अहिले रवि लामिछाने र छविलाल जोशीसँगै जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छिन् । पक्राउ पर्नुअघि उनी जिबीलाई भेट्न मसेलियासमेत पुगेकी थिइन् । 

जिबीले प्रेमिका, साथीभाइ र आफन्तको नाममा कहाँ र कति सम्पत्ति जम्मा पारेका छन् ? यससम्बन्धी विस्तृत समाचार आजको जनआस्था साप्ताहिकमा प्रकाशित छ ।
 

टिप्पणीहरू