अमृत राईलाई अन्ततः परराष्ट्रको जिम्मा

अमृत राईलाई अन्ततः परराष्ट्रको जिम्मा
सुन्नुहोस्

परराष्ट्र मन्त्रालयका सहसचिव अमृतबहादुर राईले आजदेखि कायममुकायम सचिवको जिम्मेवारी सम्हालेका छन्  ।

राई यसअघि संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी प्रतिनिधि र  दक्षिण अफ्रिकाका लागि राजदूत थिए । 

मन्त्रालयको प्रवक्ता रहिसकेका राई असारमा कार्यकाल सकिने सचिव सेवा लम्साल बेल्जियमका निम्ति राजदूत सिफारिस भएर तत्कालका लागि प्रधानमन्त्री कार्यालयमा हाजिर भएसङ्गै प्रधानमन्त्रीको चाइना भ्रमणको अन्तिम तयारीस्वरुप कामु सचिवमा उकालिएका हुन्  ।

टिप्पणीहरू