बाघ बस्तीमा पसेपछि वडा कार्यालयलाई तनाव
दिनदहाडै बस्तीमा बाघ घुम्न थालेपछि कैलालीको कैलारी गाउँपालिकाले स्थानीयबासीलाई सतर्क रहन आग्रह गरेको छ ।
केही दिनदेखि नियमित रुपमा साँझ बिहान बस्तीमा बाघ पसेपछि ७ नम्बर वडा कार्यालयले वडाबासीलाई उच्च सतर्कता अपनाउन भनेको हो । ‘कैलारी गाउँपालिका वडानं. ७ अन्तर्गतका क्षेत्रहरुमा केही दिनदेखि नियमित रुपमा साँझ बिहान बाघ देखिएको खबर सुनिएकोले उच्च सतर्कता अपनाउन हुन सम्पूर्ण वडाबासीलाई सूचित गराइन्छ,’ वडा कार्यालयले आज निकालेको सूचनामा भनिएको छ ।
साथै, कसैले बाघ देखेमा इलाका प्रहरी कार्यालय हसुलिया, सशस्त्र प्रहरी बल पोष्ट रामपुर, सब डिभिजन वन कार्यालय वसन्ता वा वडा कार्यालयमा जानकारी गराउन वडाध्यक्ष दिपेन्द्रबहादुर वमले जानकारी गराए ।
टिप्पणीहरू