दलाइ लामाको निगरानी गरेको भन्दै चिनियाँ महिलाको स्केच सार्वजनिक
दलाई लामाको निगरानी गरेको आरोपमा भारतीय प्रहरीले एक चिनियाँ महिलाको स्केच सार्वजनिक गरेको छ ।
सोङ स्याओलान दलाई लामाको गतिविधि निगरानी गर्न बिहार राज्यको बोधगया पुगेको भन्दै त्यहाँका सुरक्षा निकायहरूले उनको फोटो स्केच सार्वजनिक गरेका हुन् । प्रहरीले उनको राहदानी र प्रवेशाज्ञासमेत प्रेसलाई उपलब्ध गराएको छ ।
तिब्बतबाट निर्वासित बुद्ध धर्मका गुरु तथा नोबेल पुरस्कार विजेता धर्मगुरु दलाइ लामालाई पश्चिमा शक्तिको उक्साहटमा चीनविरोधी गतिविधिमा संग्लग्न रहेको आरोप लाग्ने गरेको छ ।
एक महिनासम्म सन्चालित र भर्खर दलाइ लामाले भाग लिएको सोही स्थानको भ्रमण गरी नेपालका लागि थाई राजदूत भोसिता भोरस्पा आज सपरिवार काठमाडौँ फर्किएका छन् । बुध्द एयरको भैरहवा-काठमाण्डौ उडानबाट राजदूतसहित ९ सदस्यीय टाेली आज अपराह्न ३ बजे काठमाडौँ आइपुगेको हो । टोलीमा राजदूत पत्नी कान्यापाक भोरासाफ, काउन्सिलर नारिता सुप्रादिस्ट र दूतावासकै तृतीय सचिव कित्तिफान लेकाथोक पनि सामेल थिए ।
टिप्पणीहरू