आज तमु ल्होसारको सार्वजनिक बिदा
आज ‘तमु ल्होसार’ पर्व हो । गुरुङ समुदायले पुरानो वर्षलाई बिदा गरी नयाँ वर्षको स्वागत गरेर पुस १५ मा तमु ल्होसार मनाउने गर्छन् ।
‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्य रुपमा मनाउँछन् ।
यो पर्वका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । ‘तमु ल्होसार’ सूर्यको किरणसँग सम्बन्धित छ ।
पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ । तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा क्रमशः माघ र फागुनमा यो पर्व मनाइन्छ ।
टिप्पणीहरू