के कारणले मरे अछाममा दुई वटा बाघ ?

के कारणले मरे अछाममा दुई वटा बाघ ?

अछाममा एकै दिन दुई वटा बाघ मृत अवस्थामा फेला परेका छन् । हिजो चौरपाटी गाउँको सुकुडा वरपर ती बाघ मृत अवस्थामा फेला परेको बताइएको छ ।

बिहान चौरपाटी गाउँपालिका २ सुकडा तिल्याडीस्थित भित्री सडक खण्डमा एउटा पाटे बाघ मरेको अवस्थामा फेला परेको थियो । स्थानीय वडाध्यक्ष रणबहादुर साउदले प्रहरी चौकी सिउडीमा जानकारी गराएपछि प्रहरी घटनास्थल पुगेको थियो ।

प्रहरी सहायक निरीक्षक अकबर सिंह धामीको कमाण्डमा तीन जना र डिभिजन वन कार्यालय अछामबाट अधिकृत विमल चन्दसहित चार जनाको टोलीले उक्त इलाकामा खोजतलास गर्दा दिउँसो तिल्याडीबाट दुई किलोमिटर टाढाको पूर्णपानीस्थित गहुँबारीमा अर्को पाटे बाघ पनि मृत अवस्थामा फेला परेको हो । 

डिभिजन वन कार्यालयको टोलीले साँझ दुई वटै मृत बाघलाई आवश्यक प्रक्रिया पुर्याएर बुझी लिएको छ ।

टिप्पणीहरू