नयाँ सरकार गठनसँगै ठमेलमा भूराजनीति र सैन्य कूटनीतिमाथि बहस
राजधानीको ठमेलमा भूराजनीति र सैन्य कूटनीतिबारे छलफल गरिएको छ ।
होटल अलफ्टमा सामाजिक समावेशीकरण र संघीयता केन्द्रको आयोजनामा भूराजनीति र सैन्य कूटनीतिको भूमिका विषयक छलफल गरिएको हो ।
हिजो बिहानदेखि दिउँसोसम्म आयोजित उक्त कार्यक्रममा पूर्वरक्षामन्त्री तथा नेपाली काँग्रेसका नेता डा. मीनेन्द्र रिजाल हुनुहुन्थ्यो । त्यसैगरी अमेरिकाका लागि नेपालका पूर्वराजदूत डा. अर्जुनकुमार कार्की,पूर्व जर्नेल बालानन्द शर्मा,पवनबहादुर पाण्डे, पूर्ण सिलवाल,पूर्व राजदूत तथा परराष्ट्रविद् विजयकान्त कर्णलगायतको पनि उपस्थिति थियो ।
उक्त कार्यक्रम माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा नयाँ सरकार गठनलगत्तै आयोजना हुनुलाई राजनीतिक र कूटनीतिक क्षेत्रमा अर्थपूर्ण मानिएको छ ।
टिप्पणीहरू