दूरसञ्चार प्राधिकरणले तत्काल एमडीएमएस प्रणाली लागु नगर्ने

दूरसञ्चार प्राधिकरणले तत्काल एमडीएमएस प्रणाली लागु नगर्ने

नेपाल दूरसञ्चार प्राधिकरणले आईएमइआई रजिस्ट्रेशन प्रक्रियाअनुसार नै मोबाइल दर्ता हुने जनाएको छ । 

प्राधिकरणले तत्कालका लागि मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम (एमडीएमएस) लागु नगर्ने निर्णय गरेको हो । प्राधिकरणले सूचना जारी गर्दै पूर्ववतः रुपमा रजिस्ट्रेशन गर्न निर्देशन दिएपछि नयाँ नियम तत्कालका लागि रोकिएको छ । 

‘आईएमईआई रजिस्ट्रेशन सम्बन्धमा सेवाग्राहीको पृष्ठपोषण र दर्ता प्रक्रियालाई सरलिकरण गर्न निर्देशन भएअनुसार अर्को सूचना प्रकाशन नहुञ्जेलसम्मका लागि पूर्ववतः रुपमा हुँदै गरेको आईएमईआई रजिस्ट्रेशन प्रक्रियाअनुसार नै रजिस्ट्रेशन हुने व्यहोरा जानकारी गराइन्छ’, सूचनामा भनिएको छ । 

मोबाइल सेटको गैरकानुनी आयात, बिक्रीवितरण तथा प्रयोगलाई निरुत्साहित गरी थप व्यवस्थापन गर्न र चोरी तथा हराएका मोबाइल सेटको ट्रयाकिङ–ब्लकिङ गर्न प्राधिकरणले एमडीएमएस प्रणाली लागु गर्ने निर्णय गरेको थियो । 

तर,चौतर्फी विरोधपछि प्राधिकरण आफ्नै निर्णयबाट पछि हटेको हो ।
 

टिप्पणीहरू