यारी नाका पनि खुल्यो,चीनबाट ल्याइयो १८ ट्रक सामान
चीनसँग जोडिएका नाका खुल्ने क्रममा हुम्लाको यारी पनि सुचारु भएको छ । चीनबाट १८ ट्रक सामान नेपाल ल्याइएको बताइएको छ ।
कोरोना महामारीसँगै तीन वर्षदेखि बन्द रहेको यारी नाका सोमबारदेखि एकतर्फी खुलेको हो । नाका खुलेसँगै हिजोसम्म १८ वटा ट्रकमा सामान आयात गरिएको हुम्लाका प्रमुख जिल्ला अधिकारी सीता परियारले जानकारी दिनुभयो ।
यता केरुङ नाका पनि मंगलबारदेखि खुलेको छ । केरुङबाट आयातसँगै चीनतर्फ सामान निर्यात पनि हुन थालेको छ ।
टिप्पणीहरू