प्रथम मीस नेपालको ढाडमा कोरोनाको प्रसंग
प्रथम नेपाल सुन्दरी रुवी राणा शाहले सामाजिक सञ्जालमा पोष्ट गरेको एउटा फोटोमा अचम्मको कमेण्ट लेखिएको छ । रुवीले हिजो पोष्ट गरेको आफ्नो पछाडितर्फको भाग (ढाड) को फोटोमा उनकै एक जना समर्थकले ‘मीस नेपालको ढाड चीनभन्दा पनि ठूलो रहेछ’ भनेर लेखेकी छन् ।
शान्ति पराजुलीको उक्त कमेण्टको जवाफ दिँदै राणाले कोरोनाको सन्दर्भ उल्लेख गरेकी हुन् । उनले भनेकी छन्, ‘नजिक आउने त के हेर्नेलाई पनि कोरोना होला नि फेरि ।’
महिलाका पोशाकको व्यवसायमा संलग्न राणाले आफ्नो सामाजिक सञ्जालमा प्रायः नयाँ फोटाहरु नियमितझैँ पोष्ट गर्ने गर्छिन् । उनले नयाँ डिजाइनका पोशाक आफ्नो पसलमा आएको जानकारी पनि सामाजिक सञ्जालबाटै दिने गरेकी छन् ।
टिप्पणीहरू