सरकारमा जानेवारे उपेन्द्र यादवको पार्टी अझै अनिर्णित
जनता समाजवादी पार्टी (जसपा) ले सरकारमा जाने नजानेबारे राजनीतिक समितिबाट निर्णय गर्ने भएको छ ।
आज बसेको कार्यकारिणी समितिको बैठकले पर्सिदेखि शुरु हुने राजनीतिक समितिको बैठकका निम्ति एजेण्डा तय गरेको छ ।
प्रवक्ता मनिष सुमनका अनुसार चुनावको समीक्षा,पछिल्लो राजनीतिक परिस्थिति,विधान अधिवेशन,सरकारको न्यूनतम साझा कार्यक्रम,पार्टीको सहभागिता र दलहरुसँग वार्ता गर्न समिति गठन गरिने भएको छ ।
टिप्पणीहरू