बनभोज गएका कर्मचारी मातेर झगडा,छिनमै पक्राउ
भनभोजमा मातेर झगडा गरेकोे आरोपमा इटहरी उपमहानगरपालिकाका कर्मचारी कुसुम पोखरेल मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनलाई मापसे गरी प्रशासकीय अधिकृतलाई गालिगलौज र हातपात गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।
उपमहानगरका कर्मचारीहरु १५ गते शुक्रबार पथरी शनिश्चरेस्थित भुल्के सिमसार क्षेत्रमा पिकनिक खान गएका थिए । छैठौँ तहको कर्मचारी मगर वडा नम्बर ४ का वडा सचिव हुन् ।
इलाका प्रहरी कार्यालय पथरीको नियन्त्रणमा रहेका मगरलाई आजै शनिवार इटहरी उपमहानगरपालिकाले गल्ती नदोहोर्याउने गरि बुझिलिएको इलाका प्रहरी कार्यालय पथरी जनाएको छ ।
टिप्पणीहरू