पोखराबाट पनि ठूला विमानले उडान थाल्ने

पोखराबाट पनि ठूला विमानले उडान थाल्ने

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि सञ्चालनमा आउने भएको छ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहान ११ बजे विमानस्थल उद्घाटन गर्ने कार्यक्रम छ ।

आजै हिमालय एयरलाइन्सले ‘डेमो’ उडान गर्ने जानकारी गराइएको छ । तर,अन्तर्राष्ट्रिय उडान भने फागुन दोस्रो सातापछि मात्रै खुल्ने नागरिक उड्डयन प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए । 

सोही खुशियालीमा आज पोखरा महानगरले सार्वजनिक बिदा घोषणा गरेको छ । पुरानो विमानस्थलदेखि ३ किलोमिटर पूर्वको छिनेडाँडा क्षेत्रमा २ सय हेक्टर क्षेत्रफलमा करिब २२ अर्ब रुपैयाँ लागतमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिएको हो । चीनको आर्थिक ऋण सहयोगमा विमानस्थल बनाइएको हो ।

 

टिप्पणीहरू