सावधान,जाडोको बेला राजधानीमा दिनदिनै आगजनी

सावधान,जाडोको बेला राजधानीमा दिनदिनै आगजनी

काठमाण्डौको बौध्द टाउन प्लानिङ्स्थित कुवा टोलमा आगलागी भएको छ । फर्निचर ब्यवसायी कान्छा लामाको निजी तर दर्ता नभएको जग्गामा स्थापित उध्योगमा बिहान ६ बजे बिध्युत सर्ट भै आगलागी हुँदा सम्पूर्ण फर्निचरसहित   CBZ ४५०६ नम्बरको लट नखुलेको पुरानो बाइक नष्ट भएको र करिब ९ लाख जतिको क्षति हुन पुगेको प्रारम्भिक रिपोर्ट छ ।

यससङ्गै बा१ क ४८४० नम्बरको लाजिम्पाटस्थित बेस्ट मन्टेस्वरी इलेमेन्टरी स्कूलको बस त्यहीँ पार्किङ गरी राखिएकोमा सो को एकापट्टी भागलाई पनि क्षति पुगेको बुझिएको छ । 

छिमेकी माया तामाङको घरमा पनि आगो फैलँदा करिब ४ लाख बराबरको क्षति भयको वडा कार्यालयले जनाएको छ । जसको क्षतिपूर्ति फर्निचर साहुले ब्यहोर्ने भएका छन् ।
उक्त आगलागी अहिले भर्खर काठमाण्डौ महानगर,सशस्त्र र नेपाल प्रहरीका दमकल र कर्मचारीको सहयोगबाट नियन्त्रणमा आएको बुझिएको छ ।

 

टिप्पणीहरू