'रवी लामिछाने मूर्दावाद' भन्दै शंखरापुरमा नारावाजी

'रवी लामिछाने मूर्दावाद' भन्दै शंखरापुरमा नारावाजी

विवादास्पद अमेरिकी सहयोग परियोजना एमसीसीको लगानीमा काठमाडौँको शंखरापुरमा निर्माण हुन लागेको विध्युत प्रशारण लाइन (सबस्टेशन) स्थानान्तरणको मागसहित स्थानीयले विरोध प्रदर्शन गरेका छन् । अपर तामाकोशी जलविद्युत पीडित संघर्ष समितिका संयाेजक रन्जित तामाङको नेतृत्वमा आज आठौँ दिन पनि विरोध प्रदर्शन भएको हो । यसअघि सोही ठाउँमा प्रहरी र स्थानीयबीच झडपसमेत भएको थियो । 

ब्यानर र प्लेकार्डसहित शान्तिपूर्ण विरोध प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरुले सरकार,विध्युत प्राधिकरण र एमसीसीविरुद्ध चर्को नारावाजी गरेका छन् । सो क्रममा उनीहरुले 'एमसीसी मूर्दावाद', एमसीसी चाहिंदैन', 'गो ब्याक एमसीसी', 'नालायक गृहमन्त्री राजीनामा दे', रवि लामिछाने मूर्दावाद', 'नालायक कुलमान मूर्दावाद', 'हाम्रो भूमि फिर्ता गर', प्रहरी दमन मूर्दावाद' 'आदिवासीको जग्गा अतिक्रमण गर्न पाइँदैन', सबस्टेशन स्थानान्तरण गर' लगायतका नारा लगाएका छन् । 

शंखरापुर-०३ बोझेनीस्थित १९२ रोपनी क्षेत्रफलमा निर्माणाधीन अपर तामाकोशी बिद्युत प्रसारण लाइन निर्माणका लागि अहिले सर्वे भैरहेको छ । सर्वेमा खटिएको विध्युत प्राधिकरणको टोलीलाई स्थानीयवासीले अवरोध गरेपछि प्रहरी खटाइएको छ ।

टिप्पणीहरू