गंगामा विश्वकै लामो नदी क्रुज, काशीबाट बंगलादेश हुँदै डिब्रुगढसम्म

गंगामा विश्वकै लामो नदी क्रुज, काशीबाट बंगलादेश हुँदै डिब्रुगढसम्म

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भोलिदेखि विश्वकै लामो नदी क्रुजको शुभारम्भ गर्दैछन् । एमभी गंगा विलास नाम दिइएको उक्त पानी जहाजले भारतीय उत्तर प्रदेशको वाराणसीबाट यात्रा थालेर बंगलादेश हुँदै आसामस्थित डिब्रुगढ पुग्नेछ । 

उक्त क्रुजको अवधि ५१ दिन लामो हुनेछ । यसले ३२ सय किलोमीटर पार गर्ने बताइएको छ । सो क्रममा जहाजले भारत र बंगलादेशका २७ वटा नदी प्रणाली पार गर्नेछ । यात्रामा तीन डेक र १८ वटा विलासी कोठा भएको जहाजले ३६ जना पर्यटक बोक्ने जानकारी दिइएको छ । भोलिदेखि शुरु हुने पहिलो यात्रामा स्विट्जरल्याण्डका ३२ जना पर्यटक सहभागी हुँदैछन्  । 

५१ दिनको यात्रामा पर्यटकले ५० वटा पर्यटकीय क्षेत्रको अवलोकन गर्नेछन् । त्यसमा विश्व सम्पदा सूची, राष्ट्रिय निकुञ्ज,नदीका घाटहरु, पटना, साहिबगञ्ज, कोलकाता, ढाका र गुहाटीलगायत शहरको पनि भ्रमण गराइने जानकारी दिइएको छ ।

टिप्पणीहरू