माइतीघरमा उभिएर गृहमन्त्रीले भने ः दोषीलाई कारबाही गर्नेछु

माइतीघरमा उभिएर गृहमन्त्रीले भने ः दोषीलाई कारबाही गर्नेछु

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बाँकेकी निर्मला कुर्मी र नन्कुन्नी धोबीको हत्यारालाई कारबाही गर्ने वचन दिएका छन् । उनले आफूलाई जनताले अपेक्षा गरेर चुनेको बताउँदै उनले ती महिलाको हत्यारालाई कारबाही गर्ने आन्दोलनकारीहरुसँग दृढता व्यक्त गरेका हुन् ।

कुर्मी र धोबीको हत्यारालाई कारबाहीको माग गर्दै माइतीघर मण्डलामा दुई सातादेखि महिलाहरु धर्नामा बसेका छन् । धर्नाको नेतृत्व गरेकी रुवी खानलाई भेटेर उनले घटनाको संवेदनशीलता र जटिलतालाई बुझेको उल्लेख गरेका छन् । गृहमन्त्रीले आरोपीलाई संरक्षण गर्नेमाथि नै कारबाही गर्ने समेत बताएका छन् ।

उनले धर्नाकारीहरुलाई निर्धक्कसँग घर (बाँके) फर्कन आग्रह गरेका छन् ।

टिप्पणीहरू