राष्ट्रपतिद्वारा ३० फिट अग्लो ब्रह्माको प्रतिमा अनावरण

राष्ट्रपतिद्वारा ३० फिट अग्लो ब्रह्माको प्रतिमा अनावरण

राष्ट्रपति विद्यादेवी भण्डारीले आज बनेपामा ब्रम्हाको प्रतिमा अनावरण  गर्नुभएको छ । उहाँले बनेपा नगरपालिका वडा नम्बर ४ मा बनाइएको ३० फिट अग्लो ब्रह्माको प्रतिमा गर्नुभएको हो ।

महादेवखोला ब्रम्हायणी क्षेत्र उत्तरगया विकास समाजले निर्माण गरेको ब्रह्माजीको प्रतिमालाई पञ्चामृतले स्नान गराइएको छ । उक्त प्रतिमा स्थानीयको सहभागिता र सहयोगमा बनाइएको बताइएको छ । सो क्षेत्रमा पार्क, सिँढी, घेराबारलगायत ब्रह्माका दश अवतारसमेत निर्माण गरिएको छ ।

टिप्पणीहरू