यस्तो दु:खमा शब्द मिलाउन नजान्दा पूर्वराजा आलोचित

यस्तो दु:खमा शब्द मिलाउन नजान्दा पूर्वराजा आलोचित

पूर्वराजा ज्ञानेन्द्र शाहले पोखरामा आज भएको विमान दुर्घटनाप्रति दु:ख व्यक्त गरेका छन् । शाहका तर्फबाट उनको संवाद सचिवालयले विज्ञप्ति निकालेर दुर्घटनाबाट भएको क्षतिप्रति गहिरो दु:ख प्रकट गरेको हो । 

पूर्वराजाले दुर्घटनामा परेर जीवन गुमाउनेहरुका परिवारप्रति समवेदना पनि व्यक्त गरेका छन् । विज्ञप्तिमा शाहले आफूलाई राजाकै हैसियतमा प्रस्तुत गरेका छन् । पूर्वराजाले दु:खको घडीमा चासो प्रकट गर्नु स्वभाविक हो । तर,औपचारिक विज्ञप्तिमा संविधानविपरित उनले आफूलाई राजाकै हैसियतमा प्रस्तुत गर्नुलाई भने अस्वभाविक मानिएको छ ।

टिप्पणीहरू