विमान दुर्घटनाबारे भारतीय दूतावासको हेल्पलाइन नम्बर

विमान दुर्घटनाबारे भारतीय दूतावासको हेल्पलाइन नम्बर

पोखरामा आज बिहान भएको यती एयरलाइन्सको विमान दुर्घटनामा काठमाडौंस्थित भारतीय राजदूतावासले आवश्यक सम्पर्कको लागि हेल्पलाइन नम्बर जारी गरेको छ । दुर्घटनामा पाँच जना नागरिक परेको खबरपछि दूतावासले सम्पर्कका लागि हेल्पलाइन नम्बर जारी गरेको बताइएको छ ।

दूतावासले काठमाडौंका लागि दिवाकर शर्मा, मोबाइल नम्बर ९८५११०७०२१ जारी गरेको छ । पोखरामा लेफ्टिनेन्ट कर्नेल शहदेव त्रिपाठीको मोबाइल नम्बर ९८५६०३७६९९ मा सम्कर्प गर्न सकिने भनिएको छ । ती दुबै हेल्पलाइन नम्बरमा आवश्यक जानकारीको निम्ति सम्बन्धित भारतीय यात्रुका परिवारले सम्पर्क राख्नसक्ने छन् ।

काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्य लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एन एएनसी एटीआर ७२ जहाज पोखरामा सेती नदीको खोंचमा खसेको हो । विमानमा १५ जना विदेशी नागरिक रहेको बताइएको छ ।

टिप्पणीहरू