विमान दुर्घटनाले चिनियाँ राजदूत मर्माहत

विमान दुर्घटनाले चिनियाँ राजदूत मर्माहत

नेपालका लागि चिनियाँ राजदूत छन सोङले पोखरामा आज भएको जहाज दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।

दुर्घटनामा भएको क्षतिप्रति गहिरो दुःख प्रकट गर्नुभएका राजदूत सोङले यसबाट आफू स्तब्ध भएको बताउनुभएको हो । राजदूतको ट्वीटमा भनिएको छ, ‘यस दुःखद घडीमा हामी नेपाली जनताको साथमा छौँ । मृतकहरूप्रति गहिरो समवेदना ।’ 

यसैबीच काठमाडौंस्थित भारतीय राजदूतावासले दुर्घटनासम्बन्धी आवश्यक सम्पर्कको लागि हेल्पलाइन नम्बर जारी गरेको छ । पाँच जना आफ्ना नागरिकसमेत दुर्घटनामा परेको खबरपछि दूतावासले सम्पर्कका लागि हेल्पलाइन नम्बर सार्वजनिक गरेको हो ।

यात्रु ६८ जना र चालक दलका चार सदस्यसहित ७२ जना सवार जहाजबाट अहिलेसम्म ६२ जनाको शव निकालिएको छ ।
 

टिप्पणीहरू