पोखरामा जहाज दुर्घटना,मुस्ताङमा खोज तथा उद्धार तालिम

पोखरामा जहाज दुर्घटना,मुस्ताङमा खोज तथा उद्धार तालिम

हिमालपारीको जिल्लाको रुपमा परिचित मुस्ताङमा विपद् खोज तथा उद्धार पुर्वाभ्यास गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समिति, मुस्ताङको आयोजनामा विपद् खोज तथा उद्धार पूर्वाभ्यास हिजो सम्पन्न भएको हो ।

मुस्ताङ प्राकृतिक प्रकोपको दृष्टिकोणबाट निकै संवेदनशील तथा जोखिमपूर्ण जिल्लाहरुमध्ये पर्छ । केही समय पहिले कोवाङ इलाकामा गएको हिमपहिरो तथा २०७१ सालको अन्नपूर्ण पदमार्ग र हिमाली क्षेत्रमा हिउँआँधीको कारण भएको मानवीय तथा भौतिक क्षतिको घटनाले पनि उक्त अवस्थालाई झल्काउँछन । जलवायु परिवर्तनको असर भयावह बन्दै गइरहेको परिस्थितिमा हिमाली भेगको तापक्रम वार्षिक ०.०४ देखि ०.०६ डिग्री सेल्सियससम्म बढिरहेको छ । विपद् जुनसुकै समयमा आउन सक्ने अवस्थालाई मध्यनजर गर्दै जिल्लाका सुरक्षा निकाय, स्थानीय निकाय तथा स्थानीयबासी समेत विपद् प्रतिकार्यको निम्ति हर समय तम्तयार रहने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा आगालागी नियन्त्रण, सडक दुर्घटनामा उद्धार, हिमपहिरोमा बेपत्ताको रेस्क्यु डगको प्रयोगबाट पत्ता लगाउने कार्य, हिमपहिरोसँगै नदी र खोचमा खसकाको हाईलाईन रेस्क्यु पद्धतिबाट उद्धर सम्बन्धी प्रदर्शन गरिएको थियो ।उल्लेख्य जनसहभागिता रहेको उक्त कार्यक्रमको प्रमुख आतिथ्यता जिल्ला समन्वय समिति मुस्ताङका उप प्रमुख आईतलाल थकालिले गरेका हुन् । त्यसैगरी जिल्लास्थित गाउँपालिकाका प्रमुखहरु, मुस्ताङ जिल्लाका प्रमुख जिल्ला अधिकारी , उच्च सैनिक शिक्षालय जोमसोमका सहायक शिक्षा अधिकृत, नेपाली सेना नारायण दल गणका गणपतिको पनि उपस्थिति थियो । 

जिल्ला प्रहरी कार्यालय मुस्ताङका कार्यालय प्रमुख, ससस्त्र प्रहरी बल नेपाल, नम्बर ३३ गुल्म हेडक्वार्टर मुस्ताङका गुल्मपती, राष्ट्रिय अनुसन्धान कार्यालय मुस्ताङका कार्यालय प्रमुख , गाउँपालिकाका उप प्रमुखहरु, वडा अध्यक्षहरु, जिल्लामा रहेकमा अन्य सरकारी कार्यालयका कार्यालय प्रमुख, निमित्त प्रमुख, कर्मचारीहरुको बाक्लो उपस्थिति थियो ।


 

टिप्पणीहरू