ट्याक्सीमा स्वःचालित भाडा लागु गर्न माग, ४३ जना ट्याक्सी चालक मारिएको दाबी

ट्याक्सीमा स्वःचालित भाडा लागु गर्न माग, ४३ जना ट्याक्सी चालक मारिएको दाबी

नेपाल मीटर ट्याक्सी व्यवसायी तथा चालक समाजले मीटरजडित ट्याक्सीमा स्वःचालित भाडा लागू गर्न माग गरेको छ । संघले आफूहरुको व्यवसाय र लगानीको सुरक्षा नभएको जनाउँदै माग पूरा नभए कडा आन्दोलन गर्ने चेतावनीसमेत दिएको छ । 

चालक समाजले राज्यले ट्याक्सी व्यवसायलाई बन्धक बनाएको भन्दै १६ बुँदे माग सार्वजनिक गरेको छ । उनीहरुले एकद्वार कर प्रणाली लागू गर्नुपर्नेमा जोड दिँदै महानगर वा सरकारले एप बनाएर ट्याक्सी सञ्चालन गर्ने व्यवस्था मिलाउनुपर्ने नयाँ माग तेर्साएका छन् ।

"चालकले लगाउनुपर्ने पहेँलो ज्याकेट हटाउनुपर्ने, इम्बोस्ड नम्बर प्लेटमा नेपाली भाषाको प्रयोग गरिनुपर्नेलगायत माग उनीहरुको छ ।"

राजधानीमा हिजो पत्रकार सम्मेलन गरेर चालक समाजले पेशा, व्यवसायका क्रममा विभिन्न मितिमा हत्या गरिएका र कुटपिटबाट घाइते बनाइएका ट्याक्सी व्यवसायीको न्यायका लागि सरकारले पहल गर्नुपर्नेमा जोड दिएको छ । 

चालकले लगाउनुपर्ने पहेँलो ज्याकेट हटाउनुपर्ने, इम्बोस्ड नम्बर प्लेटमा नेपाली भाषाको प्रयोग गरिनुपर्नेलगायत माग उनीहरुको छ । समाजका संस्थापक अध्यक्ष सानु पूर्वछानेले इम्बोस्ड नम्बरमा राज्यले गरेको व्यवस्थाप्रति आफूहरुको असहमति रहेको बताए । 

पत्रकार सम्मेलनमा विभिन्न समयमा ४३ जना ट्याक्सी चालकको हत्या भएको उल्लेख गर्दै हत्यारा पहिचान गरी तत्काल कारबाही गर्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गराइएको छ ।

टिप्पणीहरू