यती एअरलाइन्सले भोलि विमान नउडाउने

यती एअरलाइन्सले भोलि विमान नउडाउने

यती एयरलाइन्सले आज पोखरामा भएको जहाज दुर्घटनामा भोलि शोक मनाउने भएको छ । शोकका कारण भोलिका लागि निर्धारित सबै उडान रद्द गरेको जानकारी दिएको छ । तर एअरलाइन्सले आपत्कालीन र उद्दार उडानबाहेक  सबै नियमित उडान रद्द गरेको जनाएको छ ।

एअरलाइन्सको ९एन एएनसी एटीआर ७२–५०० जहाज आज बिहान पोखरामा अवतरण गर्ने क्रममा सेती नदीको खोंचमा दुर्घटनाग्रस्त भएको हो । दुर्घटनामा ६८ जना सबै यात्रु र चार जना चालक दलका सदस्यको निधन भएको छ ।

टिप्पणीहरू