ताराले पनि भोलिको उडान रोक्यो

ताराले पनि भोलिको उडान रोक्यो

आज पोखरामा भएको यती एअरलाइन्सको जहाज दुर्घटनामा भोलि शोक मनाउन तारा एअरलाइन्सले पनि उडान रोकेको छ । शोकका कारण भोलिका लागि निर्धारित सबै उडान रद्द गरिएको जानकारी दिइएको छ ।

तारा एअरलाइन्स यतीकै भगिनी एअरलाइन्स हो । ताराले विशेषगरी पहाडी क्षेत्रमा उडान भर्ने गर्छ । यसअघि यतीले आपत्कालीन र उद्दार उडानबाहेक भोलिका सबै नियमित उडान रद्द गरेको जनाएको थियो ।

यती एअरलाइन्सको ९ एन एएनसी एटीआर ७२–५०० जहाज आज बिहान पोखरामा अवतरण गर्ने क्रममा सेती नदीको खोंचमा दुर्घटनाग्रस्त हुँदा ६८ जना सबै यात्रु र चार जना चालक दलका सदस्यको निधन भएको छ ।

टिप्पणीहरू