जमानाका विमान प्राविधिकले भने : दुर्घटनाअघि विमान भीएफआरमा थियो कि आइएफआरमा ?

जमानाका विमान प्राविधिकले भने : दुर्घटनाअघि विमान भीएफआरमा थियो कि आइएफआरमा ?

आज बिहान पोखरामा भएको यति एअरलाइन्सको एटीआर विमान दुर्घटनामा ६८ जना सबै यात्रु र चालक दलका सबै चार जनाको निधन भएको छ । सफा मौसम र विमानस्थल नजिकै भएको दुर्घटनाका कारण धेरैले विभिन्न कोणबाट विश्लेषण र चर्चा गर्न थालेका छन् । 

आजको दुःखद र कहालीलाग्दो दुर्घटनाको सत्यतथ्य विमानमा रहेको ककपिट भ्वाइस र फ्लाइट डाटा रेकर्डरको विस्तृत रिपोर्टपछि थाहा हुनेछ । त्यसको निम्ति सरकारले आजै दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन छानबिन समिति पनि बनाएको छ । सोही सन्दर्भमा हाल कतारमा रहेका एक जना पूर्व विमान प्राविधिकले आजको दुर्घटनालगत्तै आफ्नो धारणा व्यक्त गरेका छन् । दोहामा रहेका भक्त थापाले आफू पनि जमानामा विमान प्रविधिक रहेको उल्लेख गर्दै भने, ‘मौसम सफा हुनु र जहाजमा कुनै समस्या भएकोबारे एअर ट्राफिक कन्ट्रोलरलाई कुनै रिपोर्ट नगर्नुले धेरै कुरा जेलिन्छ ।’

उनका अनुसार त्यस्तो अवस्थामा पाइलटले विमानलाई आँखाले हेरेर अवतरण गराउँदै थिए कि स्वःचालित प्रविधिमा आधारित भएर भन्ने कुरो महत्वपूर्ण हुने उनको भनाइ छ । भिएफआर हो वा आइएफआर भन्ने सम्बन्धमा अहिलेसम्म जानकारी नदिनुलाई पनि उनले रहस्यमय ठानेका छन् । 

त्यस्तो बेलामा म्यानुअल र अटोपाइलट सिस्टमबीचको ‘कम्बिनेसन’ आउट हुनसक्ने उनको तर्क छ । जहाज अवतरण गर्नुको केही मीनेट अघिसम्म आकाशमा नर्मल, ओभरस्विङ टर्न,डिसेन्ट र क्रुज पिच पनि सिष्टमबाट आउट भएको अवस्थामा सम्भवतः पाइलट ‘नर्भस’ भएको उनको ठम्याइ छ । उनले भनेका छन्, ‘जहाज जाँड खाएको मानिसझैँ ढलपल गरेर उड्नु र भुईंमा बजारिँदा एअर फ्रेम बडी ठीक उल्टो हुनुलाई त्यस्तो भएको हो कि भनेर लिन सकिन्छ ।’

टिप्पणीहरू